वर्षाले रोकियो भारत र पाकिस्तानबीचको खेल

काठमाडाैं | भदौ १६, २०८०

वर्षाले रोकियो भारत र पाकिस्तानबीचको खेल तस्बिर फाइल

काठमाडौं:    एसिया कपअन्तर्गत शनिबार समूह ‘ए’मा भारत र पाकिस्तानबीचको खेल भारी वर्षाका कारण रोकिएको छ।


श्रीलंकाको पालेकेले मैदानमा ४.२ ओभरको खेल चलिरहँदा वर्षा भएको थियो। अम्पायरले तत्काल खेल रोक्ने निर्णय गरेका छन्। 


पिच र मैदानमा कर्भर राखिएको छ। भारतले पहिलो ब्याटिङ गरी विना विकेटको क्षतिमा १५ रन बनाएको छ। भारतका कप्तान रोहित शर्माले १८ बलमा दुई चौकाको सहयोगमा ११ रन जोडेका छन्। अर्का ओपनर सुभमान गिलले आठ बल खेलेका छन्। उनले रन जोडेका छैनन्।


पाकिस्तानका फास्ट बलर साहिद साह अफ्रिदीले २.२ ओभरमा ११ रन र नसिम साहले दुई ओभरमा तीन रन दिएका छन्।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्